चितवन,२१ जेठ । भीमोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि ‘ अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयबाट स्वीकृत नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत तालिम सम्पन्न भएको हो। भीमोदय माध्यमिक विद्यालय कालिका नगरपालिकाको वडा नं. ५ पदमपुरमा छ ।
कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय विद्यालय साझेदारीमा तीन वटा परियोजना कार्य ‘ डिसअबिलिटि इज नट ईनबिलिटि’, तामाङ संस्कृति र लेट्स जोइन आवर ह्यान्ड्स टु मेन्टेन क्लिन ईन्भाईरोमेन्ट’ आयोजना गरिएको थियो । यो अवधिमा संस्थागत र सामुदायिक विद्यालयको साझेदारीमा अन्य चार वटा कार्ययोजना समेत तयार भएको छ ।
यस्तै आठौँ परियोजना कार्यमा २० प्रतिशत स्थानीय पाठ्यक्रम अनुरुप ‘घोंगी एक स्थानीय परिकार’ को कार्ययोजना निर्माण गरिएको छ । कार्यक्रममा गैडाकोट ईंग्लिश बोर्डिंग स्कुलका शैक्षिक प्रमुख एवम व्रिटिश काउन्सिलका पूर्व प्रशिक्षक जे. विनादेवी कोईरालाले सहजीकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको तालिममा वडा अध्यक्ष दिपकबहादुर भट्टराईको प्रमुख अतिति थिए । कार्यक्रममा कार्यपालिका सदस्य शान्ती महतो, विद्यालय व्यवस्थापन समिति सदस्यहरु गोपाल जी गुप्ता, महेश श्रेष्ठ, शिक्षक प्रतिनिधि रानाबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष उत्तरकुमार अधिकारी, लगायतको उपस्थिति थियो ।
उद्घाटन सत्रमा प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले आगन्तुकहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य र महत्व बारे प्रकाश पारेका थिए भने आधारभूत तह ईन्चार्ज एवम आईएसए कार्यक्रम संयोजक शिवप्रसाद सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।–00–


