फोटो फिचर सहित

रत्ननगरमा आगलागिबाट बच्न सैद्धान्तिक एवम प्रयोगात्मक तालिम कार्यक्रम सम्पन्न

रत्ननगर, १५ जेठ

पुर्वि चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीमा आकस्मिक आगलागीबाट बच्ने उपाय साथै ,पीपीईको उपयुक्त प्रयोग र प्राथमिक उपचार सम्बन्धि सैद्धान्तिक एवम प्रयोगात्मक तालिम कार्यक्रम सम्पन्न भएकोछ ।

रत्ननगर नगर पालिका वडा नं. ५ र जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति को संयुक्त आयोजनामा भएको कार्यक्रममा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको सहकार्य रहेको थियो ।

तालिम कार्यक्रममा आग लागिका कारणहरु के के हुन आग लागि भै सकेपछि कुन कुन तरिकाले कसरी त्यसलाई नियन्त्रण गर्न सकिन्छ लगाएतको विषयमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान अध्यक्ष बसन्त राना मगरले सहजिकरण गरेका थिए ।

 

सो कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ५ झुवानीका हरेक टोल सुधार समिति तथा स्थानियहरुको सहभागिता रहेको थियो । साथै रत्ननगर नगरपालिका वडा नं ५ झुवानीका अध्यक्ष र जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जोगेन्द्र महत्तोको पनि उपस्थिति रहेको थियो । तालिम कार्यक्रम झुवानीको खेल मैदानमा भएको थियो ।

तस्विरहरु :-

तस्विर : विजय चौधरी

Share:

सम्बन्धित समाचारहरु