सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षण सुरु

रत्ननगर, १४ जेठ । पूर्वी चितवनको रत्ननगरमा सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम आइतबार देखि सुरु भएको छ ।

 

महिला सशक्तिकरण तथा परिर्वतनशिल संस्था नेपाल रत्ननगर शाखाले आयोजना गरेको सो कार्यक्रममा ५८ जनाको सहभागिता रहेको थियो । कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रकला पनेरुले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन् । सो अबसरमा उनले महिला सशक्तिकरणबाट मात्र सामाजिक रुपान्तरण सम्भब रहेको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा इन्द्रराज भट्टराई र अधिकारकर्मी संगिता भट्टराईले महिला सशक्तिकरण र सामाजिक रुपान्तरणका बारेमा सहजीकरण गरेका थिए । संस्थाकी रत्ननगर शाखा अध्यक्ष सीता नेपालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सानु भण्डारी, रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरे, वडा नं १४ की वडा सदस्य चमेली परियार, इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी,शिक्षक प्रतिनिधि मन्जु सिंखडा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कल्पना घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम दुई दिन सम्म चल्ने छ । –00–

Share:

सम्बन्धित समाचारहरु