प्रेस युनियनको स्थापना दिवसः पत्रकारिता पेशालाई मर्यादित र सम्मानित बनाउन शुद्विकरण आवश्यक

चितवन, १३ जेठ । नेपाल प्रेस युनियन चितवनले स्थापना दिवसका अवसरमा गणतन्त्र पछिको पत्रकारिताझ विषयक अन्तक्रिया कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले गणन्तत्र प्राप्तिका लागि पत्रकारहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै गणतन्त्रलाई जीवित राख्नका लागि पत्रकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । पत्रकारिता पेशालाई अझै मर्यादित र सम्मानित बनाउन पत्रकारहरुको शुद्विकरण आवश्यक रहेको उनले बताइन् ।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित , प्रेस सेन्टर चितवनका अध्यक्ष किशोर सापकोटालगायतले प्रेस स्वतन्त्रताका लागि र पेशागत सुरक्षाका लागि अझै शसक्त वनाएर अगाडि वढ्न प्रेस युनियनलाई शुभकामना दिए ।

कार्यक्रममा लोकतन्त्रपश्चात पत्रकारितामा भएको परिवर्तन र पत्रकारिताका चुनौतिका विषयमा व्यापक छलफल भएको थियो । पत्रकारिताले प्राप्त गरेको स्वतन्त्रतालाई अझै सृजनात्मक र संवेदनशील बनाउने विषयमा समेत छलफल र विचार विमर्श भएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु