चितवन, १० जेठ । टिकटकमा भिडियो हालेर चरित्र हत्या भएको भन्दै आन्दोलनमा उत्रिएका भरतपुर क्यान्सर अस्पतालका नर्स र समाजसेवी टिकटक सेलिब्रेटी गिभिना मगरबीच सहमति भएको छ । जिल्ला प्रहरी कार्यालयमा अबेर सम्म चलेको दुईपक्षिय वार्तापछि सहमति जुटेको हो ।
नर्सहरुको चरित्र हत्यागर्ने उद्देश्यले आफुले भिडियो नबनाएपनि विविध कारणले नर्सहरुको चरित्र हत्याहुन पुगेकोमा माफि मागिन । प्रहरी परिसरमै नर्सहरुकै बीचमा उनले आफ्नो भिडियोले नर्सहरुको चरित्र हत्या भएकोमा क्षमा मागिन । नर्स आफुलाई अत्याधिक मनपर्ने पेशा भएकाले पनि आफ्नो नियत नर्सहरुको बदनाम गराउने हुँदै होइन उनले भनिन, मेरो कारणले नर्सहरुले पाएको पीडाप्रति म हात जोडेर क्षमा माग्दछु ।
एउटा विरामीको लागि म पनि भावनामा डुबेर औषधी दिने क्रममा टाइमको फरक पर्यो भन्ने विषयलाई लिएर समस्या उत्पन्न भयो । सबैकुरा मलाई जानकारी नभएकाले औषधी दिने टाइम किन फरक पर्यो भनेर मैले उहाँलाई सोधेको थिए । मान्छेबाटै भुल हुन्छ । म बाट पनि एउटा भुल भएको छ । नर्सिङ पेशामा आवद्ध हुनुभएको धेरेजनामा समस्या आएको छ । त्यो समस्या ल्याउने मेरो उद्देश्य थिएन उनले भनिन ।
भगवानपछिको भगवान छ भने डाक्टर र नर्सहरुनै हुन,उनले थपिन ।
अस्पतालमा औषधी दिने समयको विषयले म बाट भएको यो विवाद मेरो क्षमायाचना सँगै समाप्त होस म चाहन्छु । वीपी कोइराला क्यान्स अस्पतालप्रति पनि क्षम चाहन्छु उनले भनिन, धेरै टाढा टाढाबाट राम्रो उपचार पाउने भएरै यो अस्पतालमा सेवा लिन आउने गरेका छन् । मेरो कारणले अस्पतालको बदनामी भएको छ भने म क्षमा चाहन्छु ।–00–


