अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणगर्ने दायित्व महानगरकै होः उपमेयर, चित्रसेन अधिकारी

आशिष अधिकारी-

भरतपुर, ७ जेठ । भरतपुर महानगरपालिका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका अपांङ्गता भएका ब्यक्तिहरुको सेतो छडीको रुपमा रहेको टिप्पणी गर्नु भएको छ ।

स्थानीय सरकार तपाईहरुको घर आगनको आफ्नै सरकार हो, हामी तपाईहरुको दुख सुखको साहरा मात्रै नभइ टेक्ने सेतो छडी पनि हौ उप प्रमुख अधिकारीले भन्नू भयो । अपांङ्ग समाज चितवनले आइतबार भरतपुरमा आयोजना गरेको भित्ते पात्रो बिमोचन तथा आर्थिक बर्ष २०८०/८१ को बजेट तर्जुमा सम्बन्धी कार्यक्रममा बोल्दै नगर उप प्रमुख अधिकारीले महानगरपालिकाले अपांङ्गता भएका ब्यक्तिहरुलाइ सपाङ्ग नागरिक सरहको सेवा तथा सुविधा प्रदान गरिरहेको पनि उल्लेख गर्नु भयो ।

 

फरक प्रसगमा उप प्रमुख अधिकारीले जनताका काम गर्ने सवालमा भरतपुर महानगरपालिकाले कुनै पनि कन्जुस्याइँ नगर्ने प्रष्ट पार्नु भएको छ । बिगतका पाँच बर्षमा पनि महानगरले  जनताका सामु राखेका बिकास निर्माणका आयोजनाहरुको काममा यो या त्यो नभनी बिना शर्त काम गरेको तस्वीर छर्लङ्ग रहेको पनि प्रष्ट पार्नु भयो । अबको हाम्रो बाकी समय पनि भरतपुर महानगरको बिकासमै खर्चिने गरि महानगरले एक खालको कार्यतालिका बनाइसकेको छ उप प्रमुखले भन्नू भयो,देश भरि कै हेर्न लायकको बिकास अब भरतपुरमा हुन्छ ।

 

बिकासका काममा कसैले औला ठडयाउने हिम्मत आज सम्म नगरेको बताउदै उप प्रमुख अधिकारीले महानगर तीब्र बिकासको गतिमा अगाडि बढेकाे बताउनु भयो । यहि गतिमा महानगरमा बिकासको क्रम बढ्दै गयो भने भरतपुर महानगरपालिका साच्चिकै स्मार्ट सिटि बन्नेमा पुर्ण बिश्वास गर्न महानगर बासी आम नागरिकहरुमा उहाँले आग्रह समेत गर्नु भयो । अपांङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीले जिल्लामा अपांङ्गता भएका ब्यक्तिहरुको सख्या यकिन नभएको बताए । जिल्लामा हामी तथ्यांक सकलन गर्ने क्रममै छौ अध्यक्ष अधिकारीले भने, अहिले नै भनी हाल्ने अवस्था भने छैन ।

 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ रहेको छ भने अपाङ्गता भएका पुरुषहरुको सख्या ३ लाख ५१ हजार ३ सय १ रहेको छ । जनगणना अनुसार अपाङ्गता भएका महिलाहरुको सख्या भने २ लाख ९३ हजार ४ सय ४३ रहेको देखिन्छ । प्रतिशतको आधारमा जनगणनानुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलव २ प्रतिशत र महिलाको सख्या ४५ दशमलव ८ प्रतिशत रहेको देखिएको छ ।

 

त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ । जनगणना अनुसार १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता,८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता,८ प्रतिशतमा सुस्तश्रवण अपाङ्गता र ६ दशमलव ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएको देखिन आउँछ ।–00–

Share:

सम्बन्धित समाचारहरु