पञ्चकन्या सामुदायिक वनमा बर्दिया निकुञ्जबाट १९ वटा कृष्णसार ल्याउने नगरको भावी योजना

पदबहाली भएको १ वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनमा बोलाएका पत्रकारको प्रश्नसँग किन डराए रत्ननगरका मेयर सापकोटा ?

रत्ननगर, ६ जेठ । निर्वाचित जनप्रतिनिधि पदबहाली भएको १ वर्ष पुरा भएको अवसरमा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिवार पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा जिल्लाबाट मुलधारका मिडियामा कामगर्ने पत्रकारहरु देखि स्थानीय स्तरमा विभिन्न रेडियो, टेलिभिजन, अनलाईनसँग आवद्ध पत्रकारहरुले कार्यक्रम आयोजना गरिएको हल भरिएको थियो । कार्यक्रम आयोजना गरिएको सभाहलमा केही वडा अध्यक्ष, जनप्रतिनिधि, केही कर्मचारीहरु पनि उपस्थित थिए ।

कार्यक्रम सुरु भयो । सुरुमै मेयर सापकोटाले असार १० गते बजेट प्रस्तुतगर्न लागेको जानकारी दिए । आजको कार्यक्रमसँगै अहिले सम्म भएका राम्रा नराम्रा कामलाई बुझिदिन आग्रह गरे । उनले बजेट प्रस्तुतमा आफ्नो राय सल्लाह दिन पनि भने । उनले भने हामी निर्वाचित भएर आएको वर्षदिनमा हामीले गरेको कामहरुवाट नगरबासी बुबा, आमादाजु भाइ, दिदी बहिनीहरुमा सन्देश दिन चाहन्छौं । हामीले गरेको कमजोरीलाई आगामी वर्षका लागि असार १० गते बजेट प्रस्तुत गर्दै छौं त्यसमा समावेश गर्न सकिने आसय दर्शाए । र सुरु गरे नगरपालिकामा नयाँ जनप्रतिनिधि पदबहाली भएको १ वर्ष पुरा भएको अवसरमा तयार पारिएको प्रगति समिक्षा पढ्न ।

 

४५ मिनेट सम्म उनले एकतर्फी प्रिन्ट गरिएको प्रगति प्रतिवेदन पढे । अन्तमा सबै पार्टीका प्रतिनिधिको नाम लिँदै मेयर सापकोटाले सबैलाई धन्यवाद दिए । विदा मागे । पत्रकारहरुले केही जिज्ञासा राख्न खोजे । मेयर सापकोटाले यो कार्यक्रममा पत्रकारहरुले प्रश्नगर्न पाउने भएपनि आज आफुले गरेको कामको विषयमा जानकारी दिन बोलाएको हुनाले प्रश्नगर्दा कार्यक्रमनै भद्दाहुने भन्दै पन्छिए । कुनै प्रश्न भए लेखेर दिनुहोला अहिलेलाई विदा मागे भनेर कार्यक्रमवाट उठे ।

नगरपालिकाको एकवर्षमा आर्थिक अवस्था के छ त ?
रत्ननगर नगरपालिकाले एकवर्षको अवधिमा विनियोजित बजेटको ४२ प्रतिशत रकममात्रै खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा १ अर्ब ६८ करोड ३३ लाख ७० हजार ७ सय १० रुपैयाँमा १ वर्षको अवधिमा ७० करोड ८८ लाख ५७ हजार ७ सय ३० रुपैयाँ खर्च गरेको छ । नगरपालिकाको मौज्दात रकम अझै ९७ करोड ४५ लाख १२ हजार ९ सय ७९ रुपैयाँ छ ।

यस्तै नगरपालिकाको आर्थिक वर्ष २०७९ /०८० को बैशाख मसान्त सम्मको आन्तरिक आम्दानी आठ करोड ४६ लाख ९५ हजार १ सय ९० रुपैया छ । नगरपालिकाले आगामी आर्थिक वर्ष ७९÷०८० का लागि ११ करोड ५० लाख राजश्व संकल्नगर्ने लक्ष्य लिएको छ । यस्तै नगरपालिकाले सामाजिक विकास तर्फ ४४ करोड ८१ लाख १४ हजार २ सय ४८ रुपैयाँ बजेट विनियोजन गरेकोमा २८ करोड ९६ लाख ४७ हजार ९ सय ४१ रुपैयाँ खर्च गर्न सफल भएको छ ।

यस्तै पूर्वाधार विकास तर्फ ६४ करोड ४९ लाख ५४ हजार २२ रुपैयाँ विनियोजन गरेकोमा १८ करोड ८८ लाख १८ हजार ५ सय ३६ रुपैयाँ मात्रै खर्च भएको छ । यसैगरी वन वातावरण, सुशासन तथा संस्थागत विकासका लागि २२ करोड ५० लाख ५७ हजार ५ सय ९६ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्षमा जम्मा ६ करोड ७ठ लाख ९९ हजार ५ सय ९६ रुपैयाँ मात्रै खर्च भएको छ।

नगरप्रमुख प्रलाद सापकोटाको कार्यकालमा सुरुवात पछि भएका कामहरु-
रत्ननगरका ३ हजार विपिन्न घर परिवारलाई स्वास्थ्य विमाको सेवा उपलव्ध गराइएको छ । यस्तै स्वास्थ्य विमाबाट बञ्चित विपन्न वर्गहरुको स्वास्थ्य उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको आकस्मिक कक्षमा कर्मचारी सहित विपन्न नागरिक उपचार कोष व्यवस्थापन, नगरलाई उज्यालो नगर बनाउने उद्देश्य अनुसार २ करोड ६० लाखको लगानीमा निपनी, बकुलहर, सौराहा चोक, टाँडीचोकमा गरी ४ स्थानमा मास लाईट तथा राजमार्गमा डिभाइडरमा स्ट्रिलाईन राखिने काम भएको छ ।

 

२ करोड ३५ लाखको ठेक्कावाट अस्पिटलरोडमा फुटपाथ सहितको सडक नाला निर्माण शुभारम्भ भएको छ । राप्ती किनारमा ७ करोड ५० लाखको लगानीमा ड्याक निर्माण सम्पन्न भएको छ । मेयर सापकोटाले आज सार्वजनिक गरेको विज्ञप्ति अनुसार विपन्न समुदायको विषय देखि भू उपयोग तथा घरजग्गा वर्गीकरण अन्तिम चरणमा पुगेको विषयलाई २६ बुद्धामा उल्लेख गरेका छन् ।

भावी योजना के छ त ?
आर्थिक वर्ष २०८० /८१ मा खगेरी खोलामा मिनी क्रूज सहितको हरियाली पार्क निर्माण गरिने छ । पञ्चकन्या सामुदायिक वन अन्तर्गत १७ हेक्टर जमिनमा तार जाली सहित सुरक्षित बासव्यस्थापनगरी बर्दिया राष्ट्रिय निकुञ्जबाट १९ वटा कृष्णसार ल्याई राखिनेछ । खगेरी पुलको आडमा फुडबल तथा क्रिकेट ग्राउण्ड निर्माणका लागि तत्काल ४० लाख बजेट विनियोजन गरी कार्य गरिने छ । बकुलहर रत्ननगर अस्पतालको परिसरमा मातृ शिशु भवन निर्माण गरिनेछ ।–00–

Share:

सम्बन्धित समाचारहरु