चितवन, १२ साउन । सिमलतालमा स्थित त्रिशूलीनदीमा हराईरहेको बसको थप खोजीगर्ने नगर्ने विषयमा भोलीमात्रै निर्णयहुने भएको छ ।
घटना भएको दिनदेखि निरन्तर खोजी कार्य जारी राखेपनि नजिता शून्य भएका कारण थप खोजीगर्ने नगर्ने विषयमा भोलीबिहान मात्रै निर्णयहुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।खोजीकार्यमा सहयोगगर्न चितवन आइपुगेका प्राविधिक सहितको भारतीय टोली भोली फिर्ताहुने तयारीमा छन् । करिब करिब भारतीय टोली विहान अन्तिम प्रतिवेदन दिएर फिर्ताहुने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी यादवको भनाई छ । यद्यपी अन्तिम निर्णय भइनसकेको उहाँले स्पष्टपार्नुभयो ।
भारतीय टोली फर्किएपछि खोजीकार्यमा खटिएका नेपाली टोलीले थप खोजीकार्यलाई निरन्तरता दिने नदिने विषयमा भोली बिहानमात्रै निर्णय गरिनेछ ।
असार २८ गते विहानीपखको समयमा नारायणगढ मुग्लिङ सड्कखण्ड अन्तर्गत सिमलताल क्षेत्रमा खसेको पहिरोले दुईवटा यात्रुबाहक बस बेपत्ता भएको थियो । बसमा सवार २४ जनाको शव भेटिएको छ भने अन्य थुर्पै यात्रु हराईरहेका छन् ।—00—


