थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को क्षेत्रीय अधिवेशन सुरु, आर्थिक र राजनीतिक विकास आवश्यक रहेकोमा जोड

खैरहनी,२९ बैशाख । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ को छैठौं अधिवेशन  सुरु भएको छ ।
खैरहनी वडा न.. ५ मा निर्माण गरिएको संग्रहालय भवनमा आयोजना गरिएको अधिवेशनको खैरहनी नगरपालिकाका मेयर शशी खनियाले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मेयर खनियाले समग्र थारु समुदायको विकासका लागि नगरपालिका सधै सकारात्मक रहेको बताए ।

 

स्थानीयतहले दिने सेवा सुविधा देखि हरेक ठाउँमा थारु समुदायको प्रतिनिधित्व गराउँदै आफुले कामगर्र्दै आएको दावी गरे । यहाँको भूमिपुत्रको रुपमा रहेको थारु समुदायका लागि नगरपालिकाले सबैखाले सहयोग गर्न तयार रहेको आश्वासन दिए । त्यसका लागि सबै थारुहरु एकजृुट भएर आउनुपर्यो नगरपालिका सहयोग गर्न तयार छ संवोधनको क्रममा भने ।

 

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद चौधरीले समग्र थारु समुदायको हक, अधिकारका लागि लड्दै आएको यस संस्थाले राजनीतिक अधिकार प्राप्तीका लागि संघर्षगर्नुपर्नेमा जोड दिए । यस्तै थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले थारु कल्याणकारिणी सभा चितवनले अहिले शैक्षिक विकासलाई पहिलो प्राथमिकता दिएर कामगर्दै आएको जानकारी दिए । संस्थाले शैक्षिक विकासकै लागि अक्षय कोष स्थापना गरेको उनले बताए । यस्तै थाकस चितवनले थारु समुदाय भित्रकै गरिब र विपन्न परिवारका लागि थारु छात्रवास संचालनगर्दे आएको जानकारी दिए ।

 

कार्यक्रममा थारु कल्याण्कारिणी सभा चितवनका पूर्व सभापति एवम केन्द्रीय पार्षद विश्राम महतोले थारु समुदाय आर्थिक र राजनीतिक हिसावले पछाडी परेकोमा चिन्ता व्यक्त गरे । थारुको थाकथलोमा अरु समुदायले नेतृत्वगर्नु थारु समुदायका लागि चिन्ताको विषय हो उनले थपे । आर्थिक र राजनीतिक विकास नभए सम्म थारु समुदाय अगाडी बढ्न नसक्ने उनको भनाई छ ।

 

क्षेत्रीय सभापति चुडामणी महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थाकस पूर्व सभापतिहरु टिकेन्द्र चौधरी, जोखाप्रसाद चौधरी, , क्षेत्र न.. ६ का क्षेत्रीय सभापति राधा चौधरी, वडा न.. ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थाकस पूर्व केन्द्रीय सदस्य चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने सचिव दीप नारायण राउतले कार्यक्रम संचालन गरेका थिए । अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनगर्ने छ ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु