व्यवसायी शंकरप्रसाद कँडेल आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुगटा भारतमा लुकेको आशंका

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

वैशाख १९ गते शंकरप्रसाद कँडेल भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा साँझ फेला परेका थिए । प्रहरीले घटनास्थलबाट आठ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको थियो । सुसाइड नोटमा उनको व्यवसायसँग जोडिएका दुई जनाको नाम लिएका छन् । जसको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

कँडेलको आत्महत्यासँगै नेपाली कांग्रेस चितवन र उनका समर्थकहरुले चितवन बन्द गर्नुको साथै चितवनमा चक्का जाम गरेर फरार अभियुक्तलाई पक्राउ गर्न दबाब दिएका थिए ।आत्महत्या दुरुत्साहनमा उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । त्यस्तै अर्का एक जना भने फरार रहेका छन् ।
घटनामा जोडिएका पात्रहरू नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीपकुमार रुंगटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल हुन्। रावललाई भने वैशाख २१ गते बारा जितपुर सिमराबाट पक्राउ गरिसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो ।

‘हामी यस घटनामा अनुसन्धान गरिरहेका छौँ । अहिले यति भन्ने अवस्था छ,’ बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण रानाले भनिन्।यता रुंगटा भने फरार रहेका छन् । उनी देश बाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ । त्यस्तै फरार रुगटालाई खोजी गर्न सीआइबीको टोलीले पनि सहयोग गरिरहेको छ \

एक प्रहरी अधिकृतले भने । उनी भारतमा लुकेर बसेको प्रहरीको आशंका रहेको छ । उजुरी परेपछि रुगटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुँदा सम्मको लागि संघले निलम्बन गरेको छ । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स एक अर्ब १५ करोडमा बेचेका थिए । आन्तरिक हिसाब मिलानका क्रममा रुंगटाले रावललाई मानसिक दबाब दिएको खुलेको छ ।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो । ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ । त्यसपछि प्रहरीले यस्ता घटनामा प्रहरीले मानिस पक्राउ गरेर अनुसन्धान गर्न थालेको हो । मृतले लेखेको सुसाइड नोट, भिडियो, आफन्तले दिएको उजुरी लगायतका आधारमा प्रहरीले यस्ता घटनाको अनुसन्धान गर्दै आएको छ । व्यवसायी रुंगटालाई पक्राउ गरेर अनुसन्धान गर्ने पहिलो प्रमाण घटनास्थलमा भेटिएको नोट र पीडित परिवारको उजुरी बनेको छ ।

प्रहरीले घटनाको अनुसन्धानमा थप प्रमाण खोजी रहेको छ । प्रहरीले रुगटालाई पक्राउ गरेर अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय हुँदै अदालतमा पु¥याउने छ । त्यसपछि आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ ।

Share:

सम्बन्धित समाचारहरु