फरार भनिएको सांसद रायमाझीलाई के प्रहरी प्रशासनले भेटाउनै नसकेको हो त ?

काठमाडौं, २२ बैशाख । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी फरार छन् ।

यो घटनामा प्रहरीलाई सघाउँछु भनेर अर्घाखाँचीवाट हिडेका सांसद रायमाझी एकाएक सम्पर्क विहीन कसरी भए । प्रहरीले उनलाई फरार सूचिमा राखेको छ । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । अहिले सम्म पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।”

फरार भनिएको सांसद रायमाझीलाई के प्रहरी प्रशासनले भेटाउनै नसकेको हो त ? यति कमजारे छ नेपाल प्रहरी प्रशासन ? होइन भने हाइप्रोफाइल भएका व्यक्तिलाई पक्राउ गर्न किन नसकेका होलान आम सर्वसाधरणको जिज्ञासा हो यो ।

यसो त यो विषयको अनुसन्धानमा प्रहरीलाई सघाँछुृ भनेर अर्घाखाँचीवाट काठमाण्डौंका लागि हिडेका सांसद टोवबहादुर रायमाझी एकाएक कहाँ गए ? यो विषयमा प्रहरी प्रशासनले त्यति सक्रियताका साथ खोजी गरेका छैनन । टोपबहादुरको ठाउँमा अरु सर्वसाधरण भएको भए के प्रहरी प्रशासन यसरी नै कछुवाको गतिमा फरार अभियुक्तलाई खोज्थे ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।

सोही प्रकरणका उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु