थारु कल्याणकारिणी सभा क्षेत्र न ८ को सभापतिमा पुन: रामेश्वर

रत्ननगर, १९ बैशाख । थारु कल्याणकारिणी सभा क्षेत्र न ८ को सभापतिमा पुन: रामेश्वर चौधरी निर्वाचित भएका छन । सोमबार रत्ननगरमा भएको १३औ अधिवेशनले चौधरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उप सभापतिमा रामजी चौधरी, चमिया चौधरी, भारथी चौधर, सचिव नारायण चौधरी, कोषाध्यक्षमा गीता राउत सह सचिव सुदन महतो चयन भएका छन । सदस्यमा दिपेन्द्र कुमार चौधरी, अम्बिका चौधरी, कुमारी राउत, सोनामती चौधरी, कारी महतो, बलराम महतो, कल्पना चोधरी, विना महतो, सुकिया थरुनी, सुनिता राउत निर्विरोध भए ।
त्यसैगरी जिल्ला प्रतिनिधिमा बासुदेव चौधरी, जंगीलाल चौधरी, भुवन चौधरी, जोगेन्द्र महतो, लक्ष्मी कुमारी चौधरी, कृष्ण चौधरी, सोहर महतो, रेणु कुमारी चौधरी चयन भएका छन ।

Share:

सम्बन्धित समाचारहरु