महावीर पुनको मागमा रास्वपाको समर्थन, यो विषयमा सरकार गम्भीर हुनुपर्छः लामिछाने

काठमाडौं, १६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

 

शनिबार रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरू माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । माग पूरा गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराए । पुनले अघि सारेका चारबुँदे माग पूरा गर्नका लागि अविलम्ब वार्ताको टेबलमा बस्नुपर्नेमा लामिछानेले जोड दिए । उनले आन्दोलन अन्त्य गर्ने वातावरण तयार गर्न माग गरे ।

 

सरकारले कार्यतालिका नै बनाएर पुनले अघि सारेका माग सम्बोधन गर्नुपर्ने उनको धारणा छ । रास्वपाका सबै सांसदहरू पुनको माग पूरा गर्नका लागि साथमा रहेको उनले बताए । उनले मुलुकको हितका लागि काम गर्ने व्यक्ति सडकमा आउनुपर्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । –00-

Share:

सम्बन्धित समाचारहरु