प्रचण्ड नेतृत्वको सरकार पूर्ण असफल भयोः योगेश भट्टराई

चितवन,३ बैशाख । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले अहिलेको सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाउनुभएको छ । सरकार गठन भएको लामो समय भइसक्दापनि देशको आर्थिक अवस्था अस्तव्यस्त भएको उहाँको आरोप छ ।
प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पुँजीगत खर्चको आधारमा सरकारको कार्यक्षमता कस्तो छ भन्नेकुरा देखाउने उहाँको भनाई छ । नेपालमा विदेशीहरुको चासो बढ्दै गएको समेत उहाँले बताउनुभया् । यस्तै अवस्थ रहे नेपाल ठूलाशक्तिराष्ट्रहरुबीच द्धन्द्धको खेल मैदान बन्न सक्ने उहाँले बताउनुभयो ।

चितवन क्षेत्र नम्बर २ मा विगतको नजिता दोहोरिए फेरि उपनिर्वाचन हुने उहाँले दाबी गर्नुभयो  । प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आज विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गत मंसिर ४ मा जस्तो नतिजा आए फेरी निर्वाचन हुने दावी गर्नुभयो ।

नागरिकता र राहदानी विवादमा फेरी दोषी ठहरिन सक्ने आधारहरु रहेको उहाँले स्पष्टपार्नुभयो ।

‘उहाँका कतिपय कुराहरू न्यायपालिकाले निरूपण गर्ने विषय छन् उहाँले भन्नुभयो ‘हिजो के आधार थियो त्यही आधारमा उपचुनाव लगभग हुने सुनिश्चित छ।’ बैशाख १० गते हुन लागेको निर्वाचनमा चितवन २ मा एमालेको जित हुने नेता भट्टराईले दावी गर्नुभयो । मंसिर ४ को निर्वाचन एउटा आशा र विकल्पको रुपमा हेरिएको थियो। तर त्यसो हुन सकेन । रवि लामिछाने अब भर्जिन उम्मेदवार रहेनन । उनको भर्जीनालिटी सकियो ।

अरूलाई सुशासनको प्रश्न उठाउने व्यक्ति नै गृहमन्त्री भएपछि तोडिएको उहाँको आरो छ । अहिले पाटी स्थापना भएको ७ महिनामै हामीभन्दा उहाँहरूमाथि प्रश्न उठ्न थालेका छन्’ उनले भने । रवि लामिछानेले भिड जम्मा गरेर कानुनी शासनको धज्जी उडाउने काम गरेको नेता भट्टराईको आरोप छ  ।नेता भट्टराईले प्रतिपक्षीलाई बलियो बनाउनका लागि भएपनि तीनै ठाउँमा नेकपा एमालेले जित्नुपर्ने र्तक गर्नुभयो ।

चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई सहयोग गर्न अपिल समेत गर्नुभयो ।

यहाँबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन्। लामिछानेका समर्थकहरू असहिष्णु हुँदै गएको बताउनुभयो । चितवन २ मा २२ जनाले उम्मेदवारी दिएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने, राप्रपाका जिवलाल पुरी, राजमोका उपाध्यक्ष जकराज शर्मा लगायतका नेता चुनावी माहोलमा होमिएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु