रेनु र प्रचण्ड विरुद्ध बागी उठेका जगन्नाथ र दिनेशलाई कांग्रेसको आममाफी

चितवन । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ ।

सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता बद्री पाण्डेले जानकारी दिए ।

 

‘७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, उनले भने, ‘७९ को निर्वाचनको बेलाको हकमा यो उपचुनावमा उहाँहरूले गर्ने कामलाई हेरेर आवश्यक निर्णय गर्ने गरी अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।’

७९ को चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालविरुद्ध जगन्नाथ पौडेल बागी उठेका थिए । गत मंसिर ४ मा प्रचण्डविरुद्ध बागी उठेका केन्द्रीय सदस्य दिनेशलाई भने एमालेले साथ दिएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु