गठबन्धन बैठक फेरि निष्कर्षविहीन, दिउँसो ३ बजे बस्ने

काठमाडौं । गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।

बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

“लञ्च ब्रेक भयो । हामी फेरि ३ बजे बस्छौँ । सहमति भइसकेको छैन,” उनले भने । मन्त्रिपरिषद्बारे आजै टुंगो लगाउने प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको तयारी छ । गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो ।

साथै, गठबन्धनका दलहरुले मन्त्रालयबारे आफ्नो दाबी पेस गरेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु