उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

 

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

 

एमाले र सत्ता गठबन्धनले अहिलेसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।

Share:

सम्बन्धित समाचारहरु