सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु

रत्ननगर, फागुन २१

चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका एक युवकको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनको सौराहा घुम्न आएका २४ वर्षीय सन्देशप्रसाद बडालको राप्ती नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धका बडाल अन्य तीन जना साथीसंग सौराहा घुम्न आएका थिए ।

काठमाडौंबाट फागुन १९ गते आएर यहाँ स्थित होटल हर्मिटेजमा साथीहरुसंगै बसेका बडालको आतवार दिउसो साढे २ बजे राप्ती नदीमा सब भेटिएको इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी अनिल खड्काले जानकारी दिए । २० गते राति साथीहरु मिलेर रमाउँदा बडाल खोलामा खसेको अनुमान गरिएको उनले बताए ।

उनीसँगै आएका ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

Share:

सम्बन्धित समाचारहरु