चितवन, ५ फागुन । चितवनको रत्ननगर नगरपालिका वडा नं। ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंमृत गैंडाको अवषेश भेटियो छ ।
डिजिजन बन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको हो ।
गैंडा अन्दाजी ३ महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । चालु आर्थीक बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।



