आज सार्वजनिक बिदामा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

फागुन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदाका दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । एक सूचना प्रकाशित गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिइएको हो ।

राष्ट्र बैंकले यस दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न भनेको छ ।

“उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०ः०० देखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुहुन यो सूचना जारी गरिएको छ,” सूचनामा उल्लेख छ ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Share:

सम्बन्धित समाचारहरु