सौराहा फुड फेष्टिवल आज देखि शुरु, बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेलले उद्घाटन गर्ने

सौराहा – पर्यटकिय नगरी सौराहामा १७औं सौराहा फुड फेष्टिवल (खाना महोत्सव) माघ २९ गते आज आइतवार देखि शुरु हुदैछ । । रेवान सौराहाको आयोजना हुने फेष्टिवलको दिउँसो २ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्ने रेवान सौराहाका महासचिव सूर्य बहादुर रिमालले जानकारी दिए । उनका अनुसरा फेष्टिवलको उद्घाटन हुनु अघि दिउँसो विभिन्न जातजातिका भेषभुषा र झाँकी सहितको शोभायात्रा निकालिने छ ।

हात्तीचोक देखि गैंडाचोक सम्म ढकियामा (डाली) लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ । सडकमै खाऔं सडकमै रमाऔ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याक सम्म र मल्लुचोक देखि गैंडाचोक सम्मको बजार क्षेत्रमा व्यवसायीहरुले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने छन् ।

यस पटक पृथक बनाउनको लागि सौराहाको मुख्य बजारमा प्रवेश गर्दा वित्तिकै पर्यटकलाई नयाँ सौराहाको अनुभूति हुने फेस्टिवलका संयोजक ध्रुव गिरीले बताए । फेस्टिबलमा हरेक दिन हुने सडक फुड विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने छ । तीन दिनसम्म सञ्चालन हुने फूड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातीको झाँकी प्रस्तुत हुनेछ ।

Share:

सम्बन्धित समाचारहरु