जन प्रतिनिधिहरुलाई जनकौली सामुदायिक बनको बधाई तथा स्वागत कार्यक्रम

रत्ननगर, जेष्ठ १७

बैशाख ३० मा सम्पन्न स्थानिय निकायको निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरुलाई जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले आज बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

कार्यक्रममा नव निर्वाचित रत्ननगरका नगर प्रमुख, उप प्रमुख, साविकको बछौली गा.वि.स. हालको रत्ननगर नगरपालिका वडा नं. ५,६ र ७ का वडा अध्यक्ष लगायत सम्पुर्ण जन प्रतिनिधिहरुलाई निमन्त्रणा गरि जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिको आफ्नै भवनमा संचालन गरेको हो ।

मृगकुन्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको प्रमुख आथित्यमा भएको कार्यक्रममा जनकौली जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका निर्वतमान अध्यक्ष घनश्याम तिमिल्सेना विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रम जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जोगिन्द्र महत्तोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share:

सम्बन्धित समाचारहरु