काठमाडौं । सप्तरीमा जग्गाको सीमाना विवादका क्रममा धकेलाधकेल हुँदा एक वृद्धको मृत्यु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा शनिबार बिहान करिब ९ बजे २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सीमाना सम्बन्धमा विवाद भएको थियो ।
प्रारम्भिक अनुसन्धानअनुसार विवादका क्रममा रघुनन्दनले तेतरलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले रघुनन्दनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
मृतक तेतर यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ ।


