काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय गरिएको चीन भ्रमण स्थगित भएको छ।
उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हालका लागि रोकिएको हो। यसअघि अगस्टको दोस्रो सातामा हुने भनिएको भ्रमण पछि सारेर सेप्टेम्बरको दोस्रो साताका लागि तय गरिएको थियो।
तर अब सेप्टेम्बरको दोस्रो सातामा पनि सभापति लामिछाने चीन नजाने भएका छन्। स्रोतका अनुसार भ्रमण कार्यक्रम परिवर्तन भएपछि सांसदहरूको टोली मात्र चीन जाने तयारी गरिएको छ। यसअघि भारत भ्रमण सम्पन्न गरेपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने योजना बनाइएको थियो। यद्यपि भ्रमण स्थगित हुनुको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।


