विश्वकप फाइनलमा फुटबलसँगै सांगीतिक उत्सव, जस्टिन बिबरदेखि पोस्ट मालोनसम्मको प्रस्तुति

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल आज अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुँदैछ। खेलअघि समापन समारोह र हाफटाइममा विश्वप्रसिद्ध कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

समापन समारोहमा पोस्ट मालोन, लौरा पाउसिनी, निकोल शर्जिङ्गर, रोबी विलियम्स र आईशोस्पिडले प्रस्तुति दिनेछन् भने अमेरिकी गायिका जेनिफर हड्सनले राष्ट्रिय गान गाउनेछिन्। हलिउड अभिनेता टम क्रुज पनि विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

फाइनल नेपाली समयअनुसार सोमबार राति १२ः४५ बजे सुरु हुनेछ। पहिलो हाफपछि करिब बिहान १ः३० बजे हुने हाफटाइम शोमा जस्टिन बिबर मुख्य आकर्षण रहनेछन्। उनीसँगै शाकिरा, म्याडोना, बीटीएसका सदस्यहरू, बर्ना बोय लगायतका कलाकारले प्रस्तुति दिने कार्यक्रम छ।

फिफाले पहिलोपटक विश्वकप फाइनलमा हाफटाइम शो समावेश गरेको हो। यो कार्यक्रम विश्वभरका बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु