काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। केन्द्रीय समिति बैठकले उक्त मिति तय गरेको हो।
बैठकले महाधिवेशनलाई लक्षित गर्दै अधिवेशनहरूको नयाँ कार्यतालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार वडा अधिवेशन भदौ २ गते, गाउँ तथा नगर अधिवेशन भदौ ७ गते र प्रदेश क्षेत्रीय अधिवेशन भदौ १७ गते हुनेछन्।
यस्तै, क्षेत्रीय अधिवेशन भदौ २४ गते, जिल्ला अधिवेशन असोज २ र ३ गते तथा प्रदेश अधिवेशन असोज ७ र ८ गतेका लागि तय गरिएको छ।
यसैबीच, बैठकले निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ।–00—


