सोबिता गौतमले चितवन–३ बाट मतदान गरिन्

चितवन । २१ फागुन । सोबिता गौतमले चितवन जिल्लाबाट मतदान गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ गौतमले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत राष्ट्रिय आधारभूत विद्यालय मंगलपुर, भरतपुर–१५ पुगेर आफ्नो मत खसालेकी हुन्।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आजको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने कामना व्यक्त गरिन्। उनले देशभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न होस् भन्दै सबैलाई शुभकामना पनि दिइन्।

उनले भनिन्, “मैले भोट हालिसकेँ, सबैले आफ्नो मताधिकार प्रयोग गर्नुहोस्।”

चितवन क्षेत्र नम्बर ३ मा गौतमसँग रेनु दाहाल पनि चुनावी प्रतिस्पर्धामा रहेकी छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आबद्ध भएकी हुन्। यही कारणले यो निर्वाचन क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ।

Share:

सम्बन्धित समाचारहरु