सुन र चाँदीको मूल्यमा गिरावट

 काठमाडौं, ४ फागुन । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन सोमबार ३ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ रहेको थियो।—00–

Share:

सम्बन्धित समाचारहरु