कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गरौँ : सुरेन्द्र पाण्डे

काठमाडौं —

नेकपा एमालका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यकर्ताले आफ्नो क्षेत्रमा नेतृत्व आफूले नै छान्ने परिपाटी स्थापना गर्न सके एमालेलाई कुनै पनि शक्ति परास्त गर्न नसक्ने दाबी गरेका छन्। ईश्वर पोखरेल पक्षधर युवाहरूको भेलालाई सोमबार सम्बोधन गर्दै उनले पछिल्ला वर्षमा पार्टीभित्र देखिएको सूचना टाँसेर कमिटी बनाउने तथा नाम पढेर नेतृत्व चयन गर्ने प्रवृत्तिले संगठन कमजोर बन्दै गएको आरोप लगाए।

पाण्डेले भने, “आज पार्टी संरचना कब्जा गर्ने प्रयास बढेको छ। नेताको वरिपरि घुम्नेहरुलाई नेतृत्वमा ल्याउने र कार्यकर्ताबीच काम गर्ने सक्षम व्यक्तिलाई टाढा राख्ने प्रथाले योग्य र जनतामा स्थापित नेताहरू संगठनबाट बाहिरिने अवस्था आएको छ।” उनका अनुसार आगामी महाधिवेशन पार्टी पुनर्गठन र संस्थागत परिपाटी विकासको निर्णायक मोड बन्नेछ। पाण्डेले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, पारदर्शी नेतृत्व चयन र संरचनाको सक्रियताले मात्र एमाले बलियो बन्ने दाबी गरे।–00–

Share:

सम्बन्धित समाचारहरु