एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ३:३० बजे सुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले अहिलेसम्म चार खेलमध्ये एक जित मात्र हासिल गरेको छ र दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ। प्लेअफमा पुग्ने सम्भावना जोगाइराख्न कर्णालीका लागि आजको खेल जित्नैपर्ने छ।

करण केसी नेतृत्वको काठमाडौँ गोर्खाज भने पाँच खेलमा विजयी हुँदै तेस्रो स्थानमा छ। प्लेअफ सुनिश्चित गर्न काठमाडौँका लागि पनि आजको खेल महत्त्वपूर्ण मानिएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु