रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा पेसी चढेको छ।
सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा थुनामा रहेका उनीहरूको गत हप्तामात्रै मूल मिसिल झिकाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो।
उच्च अदालत बुटवलका उप–रजिष्टार यज्ञमूर्ति ज्ञवालीका अनुसार मिसिल अदालतमा आएपछि आजको लागि पेसी तोकिएको हो। अब गोलाप्रथामार्फत इजलास गठन भई सुनुवाइ अघि बढ्नेछ।–00–


