कास्की र मनाङको सिमानामा भूकम्प

काठमाडौं । कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा शुक्रबार बिहान हल्का भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज कात्तिक २८ गते बिहान ६:४० बजे ३.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

केन्द्रका अनुसार यो सानो भूकम्प भएकाले कुनै प्रभाव पर्ने खालको मानिन्न। चार म्याग्निच्युडभन्दा तलका भूकम्प सामान्यतया धेरैले महसुस गर्न सकिँदैनन् र यस्ता कम्पनले कुनै भौतिक क्षति हुने सम्भावना हुँदैन।

यसअघि कात्तिक २४ गते दिउँसो २:४३ बजे दार्चुलाको गोकुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.५ म्याग्निच्युडको धक्का रेकर्ड भएको थियो। त्यस्तै कात्तिक २१ गते अछाममा दिउँसो २:२२ बजे ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

यसबन्दा अघि, कात्तिक २० गते राति १०:४० बजे दार्चुलामै ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो। केन्द्रका अनुसार यी सबै भूकम्प हल्का प्रकृतिका रहेका छन्।

Share:

सम्बन्धित समाचारहरु