सुनको भाउ फेरि साढे २ लाख नाघ्यो, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि साढे दुई लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ हजार ९ सय रुपैयाँले बढेको हो । बुधबार सुनको कारोबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा तीव्र वृद्धि देखिएको छ । बिहीबार प्रतिऔंस सुनको मूल्य ४२०० अमेरिकी डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड थियो ।

नेपाली बजारमा यसअघि असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु