रास्वपाको साैराहामा बसेकाे केन्द्रीय समितिकाे विस्तारै बैठकले महाधिवेशन अब चुनावपछि मात्रगर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ।

शुक्रबार र शनिबार सम्पन्न पार्टीको विस्तारित बैठकले यसअघि तोकिएको मिति परिमार्जन गर्दै महाधिवेशनलाई चुनावपछि सार्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, फागुन ७, ८ र ९ गते गर्ने तयारी गरिएको महाधिवेशन अब चुनावपछिको छ महिनाभित्र मात्रै आयोजना गरिनेछ।

यसअघि रास्वपाले गत वैशाखमा महाधिवेशन गर्ने योजना बनाएको थियो। पछि समयमै तयारी नहुँदा फागुनमा सारिएको थियो। चितवनमा महाधिवेशन गर्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

बैठकले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा नै आगामी महाधिवेशनसम्म अघि बढ्ने निष्कर्ष समेत निकालेको छ। एक केन्द्रीय सदस्यका अनुसार, “हालको नेतृत्वको विकल्पमा नयाँ नाम अघि सार्ने स्थिति छैन। पार्टीलाई स्थायित्व र एकतामा लैजान हालकै नेतृत्व निरन्तरता दिने निर्णय भएको छ।”

हिजोदेखि काठमाडौंमा सुरु भएको विस्तारित बैठक आज सकिएको छ। बैठकले संगठन सुदृढीकरण, आगामी निर्वाचनका तयारी र पार्टीको नीतिगत दिशा तय गर्नेबारे समेत छलफल गरेको छ। –00–

Share:

सम्बन्धित समाचारहरु