सर्लाहीमा स्कार्पियो–मोटरसाइकल ठक्कर, दुईजनाको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक ब्रहम्पुरी गाउँपालिका–२ का २३ वर्षीय अंकित चौधरी र मोटरसाइकलमा सवार २५ वर्षीय रोहित सहनी रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजे ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार स्कार्पियो नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजी भइरहेको छ।—00–

Share:

सम्बन्धित समाचारहरु