विराटनगरमा देवरले भाउजूमाथि एसिड प्रहार

विराटनगर । विराटनगर महानगरपालिका–९ मा सोमबार एक व्यक्तिले आफ्नी भाउजूमाथि एसिड प्रहार गरेका छन् ।

स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया रागिनीदेवी साहमाथि वियरको बोतलमा बोकेको एसिड छ्यापेका हुन् ।

प्रहरीका अनुसार दाजु घरमा नभएको मौका छोपी देवरले एसिड प्रहार गर्दा महिलाको अनुहारमा लाग्न खोजेको एसिड रोक्ने क्रममा उनको हात र शरीरका अन्य भागमा परेको थियो । सलमा समेत एसिडले क्षति पुर्‍याएको छ ।

घाइते महिलाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले लेनदेन विवादका कारण देवरले एसिड प्रहार गरेको देखाएको छ । मोरङ प्रहरीकी प्रवक्ता डीएसपी कोपिला चुँडालले श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् ।

फाइल तस्वीर

Share:

सम्बन्धित समाचारहरु