काठमाडौं, असोज १ – सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानस्वरूप आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवसको रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा निधन भएका मृतकहरूको सम्मानमा असोज १ गते नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइने र राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय भएको छ।”
प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरूको योगदानलाई स्मरण गर्दै सरकारद्वारा लिइएको यो निर्णयप्रति विभिन्न सामाजिक तथा नागरिक समुदायले समर्थन जनाएका छन्। –00–


