जेन-जीले गरेको आन्दोलनकाे क्रममा चितवनमा २ सय राउन्ड हवाई फायर र रबरका गाेली प्रहार

चितवन । चितवन जिल्लामा भएको प्रदर्शनकाे क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपहुँदा सुरक्षाकर्मीले भिड नियन्त्रणका लागि करिब २०० राउण्ड हवाई फायर (ब्याङ्क र रबरका गोली) र करिब ३५० ग्यास सेल प्रहार गरेका छन्।

झडपमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन्, जसमध्ये ४ जनाको अस्पतालमा उपचार भइरहेको छ।

भरतपुर-२१ का १९ वर्षीय सरोज गुरुङको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको पुष्टि गरिएको छ।

सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति –
प्रदर्शनको क्रममा सार्वजनिक ७९ र निजी १६ संरचनामा क्षति पुगेको छ। त्यस्तै, विभिन्न राजनीतिक पार्टीका तीन वटा कार्यालय पनि क्षतिग्रस्त भएकाे चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

कैदीबन्दी पलायनको ठूलो घटना –
घटनाका क्रममा चितवनको कारागारबाट ७४२ जना कैदीबन्दी भागेका छन्। हालसम्म ३२७ जना फिर्ता भइसकेका छन् भने अन्य १५ जना बाहिरका कारागारबाट यहाँ स्थानान्तरण गरिएका छन्। भागेकामध्ये ४ जना रुपन्देही र १ जना तनहुँ जिल्लाबाट पक्राउ परेका छन्।

हालको अवस्था
प्रशासनले संयम अपनाउन र अफवाहमा नपर्न सर्वसाधारणमा आग्रह गरेको छ।
भाैतिक पूर्वाधारमा भएको क्षति बारे विवरण संकलनगर्ने काम भइरहेको छ । –00–

 

Share:

सम्बन्धित समाचारहरु