चितवन। जेन-जि समूहको आन्दोलनको क्रममा भदौ २४ गते चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको मालपोत कार्यालय परिसरभित्र रहेको माछापुच्छ्रे बैंक लिमिटेडको ए.टि.एम. मेसिनमा आगजनी तथा तोडफोड भएको घटनापछि सो ए.टि.एम. प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, आज भदौ २७ गते माछापुच्छ्रे बैंक लिमिटेडका प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधिहरू तथा प्रहरीको रोहवरमा ए.टि.एम. मेसिन खोलिएको थियो। सो मेसिन खोल्दा भित्र रहेको रु. १७,७९,००० (सत्र लाख उनासी हजार) नगद रकम सुरक्षित रूपमा फेला परेको हो।
सुरक्षित रूपमा बरामद गरिएको सो रकम माछापुच्छ्रे बैंक लिमिटेडका प्रतिनिधिलाई जिम्मा लगाई बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषी पहिचान र कारवाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिएको छ।–00–