दाङ । बाँकेको नौवस्ता–स्थित बाल सुधार गृहमा गए राति भएको झडपमा ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्। एक कर्मचारीले दिएको जानकारीअनुसार घटनामा घाइते भएका दुई जनाको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। –00–


