दोस्रो विधान महाधिवेशन आज पनि जारी, बाँकी प्रतिवेदन र समूहगत छलफल हुने

काठमाडौँ । — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज दोस्रो दिन पनि ललितपुरको गोदावरीस्थित सनराइज हल मा जारी रहेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम का अनुसार, आजको बैठकमा हिजो प्रस्तुत नभएका तीन प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन क्रमशः केन्द्रीय अनुशासन आयोगबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगबाट अध्यक्ष डा. पुष्प कँडेलकेन्द्रीय निर्वाचन आयोगबाट अध्यक्ष डा. विजय सुब्बाले प्रस्तुत गर्नेछन्।

पहिलो दिनको कार्यसूची सम्पन्न

महाधिवेशनको पहिलो दिन, शुक्रबार, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, पार्टी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले सल्लाहकार प्रतिवेदन प्रस्तुत गरेका थिए।

आज समूहगत छलफल हुँदै

आजै प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरी विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल गरिने जानकारी प्रचार विभाग प्रमुख गौतमले दिएका छन्।

प्रतिनिधिको सहभागिता

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट आएका २,०२६ जना प्रतिनिधि र आयोजक टोलीका ३१५ जनासहित कुल २,३४१ जनाको सहभागिता रहेको छ।

महाधिवेशन भोलि आइतबारसम्म चल्नेछ।–000–

Share:

सम्बन्धित समाचारहरु