आदिवासी जनजाति महासंघ चितवनको जिल्ला अधिवेशन भरतपुरमा सुरु ( फाेटाेफिचर)

चितवन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको पाँचौ जिल्ला अधिवेशन भरतपुरमा सुरू भएको छ ।

प्रत्येक जातिय संस्थावाट अध्यक्ष सहित पाँचजना प्रतिनिधि अधिवेशनमा सहभागी भएका छन् । चितवनमा १७ जातिय संस्था महासंघमा आवद्ध छन् ।

जिल्ला अध्यक्ष महेन्द्र दुराकाे अध्यक्षतामा आयाेजना गरिएको अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व सहित कार्य समिति चयनगर्ने छ ।

अध्यक्ष १ , उपाध्यक्ष ४, सचिव १, सह सचिव ४, काेषाध्यक्ष १ गरि ११ सदस्यीय नयाँ कार्य समिति चयनहुने अध्यक्ष  महेन्द्र दुराले जानकारी दिनुभयो ।

केन्द्रीउ वरिष्ठ उपााध्ययक्ष बुद्व घर्ती प्रमुख अतिथि रहनुभएका कार्यक्रममा विभित्र जातिय संस्थाका प्रमुखहरूले शुभकामना दिनेक्रम जारी छ ।

थारू समुदायवाट ललित कुमार चाैधरी र कुमाल समुदायवाट सागर कुमाल, तामाङ समुदायवाट बाबुलाल तामाङ अध्यक्ष पदका लागि ईच्छुक रहेकोे चर्चा छ । उसाे त वर्तमान अध्यक्ष महेन्द्र दुरापनि पुनः अध्यक्षमा दाेहाेरीने चाहना राखेको बुझिएकाे छ । यद्यपि सर्वसहमत रूपमा समिति चयनगर्ने दवाव भने कायमै छ ।

 

अधिवेशनमा पूर्व जिल्ला सभापति  पदमवहादुर गुरूङ, हरी पुन, संस्थापक अध्यक्ष ओम गाैचन, संस्थापक सदस्य साउने बाटे लगायतका व्यक्तिहरू सहभागी छन् ।

 

—00–

 

Share:

सम्बन्धित समाचारहरु