चितवनमा कार रुखमा ठोक्किँदा एक चिकित्सकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित बिशालचोकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब १:३० बजे रमाइलो चोकबाट बिशालचोकतर्फ आइरहेको बा १५ च ४६९३ नम्बरको कार आफैं अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किएको हो।

दुर्घटनामा भरतपुर–२ आँपटारी निवासी २८/२९ वर्षीय चालक डा. बिप्लब भट्ट गम्भीर घाइते भएका थिए। उनलाई पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारका लागि लगिएको भए पनि बिहान २:०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु