पोखराबाट सिचुवान एयरलाइन्सको अष्ट्रेलिया उडान हुने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको र प्रक्रिया पूरा भएपछि सेप्टेम्बरदेखि उडान सुरु हुने प्राधिकरणले जनाएको छ ।

यसअघि सिचुवानले पोखराबाट चार्टर्ड उडान गरिसकेको थियो । नियमित अष्ट्रेलिया उडान सुरु भएमा यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ । हाल पोखरामा हिमालय एयरलाइन्सले मात्र नियमित उडान गरिरहेको छ ।

यसैबीच, भूटान एयरलाइन्सले पनि आगामी सेप्टेम्बर २८ र अक्टोबरमा पोखराबाट पारोका लागि चार्टर्ड उडान अनुमति मागेको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पनि थाई एयर एसिया र जजिरा एयरवेजले विन्टर सिजनदेखि नियमित उडान सुरु गर्ने तयारी गरेका छन् । सरकारले पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिँदै वायुसेवालाई आकर्षित गर्ने नीति लिएको छ । –00—

Share:

सम्बन्धित समाचारहरु