गैंडाकोटमा हाईलक्स दुर्घटना, दुई जना घाइते

गैंडाकोट (नवलपरासी पूर्व) । गैंडाकोट नगरपालिका–१६ बेल्डिहा पुलस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब ३ः२० बजे भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।

दाङबाट नारायणगढतर्फ आउँदै गरेको बा २ झ २५७५ नम्बरको हाईलक्स, जो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङको हो, अगाडिको दाहिने चक्का अचानक पञ्चर भएपछि अनियन्त्रित भई पुलको दाहिने भागमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गाडी चालक दाङ गढुवा गाउँपालिका–७ का ३८ वर्षीय टोप बहादुर चौधरी र बारा करैयामाई गाउँपालिका–८ का ६३ वर्षीय लक्ष्य बहादुर चौधरी घाइते भएका छन्। उनीहरूलाई प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाएको जनाएको छ।

यसैबीच, दुर्घटनाग्रस्त सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा राखिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु