कालिकाः किसानको गोठ सुधार,दुधजन्य उत्पादन तथा व्यवस्थापनका विषयमा छलफल

चितवन,२ साउन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, भरतपुरको आयोजनामा तथा हेफर प्रोजेक्ट नेपाल, हात्तिवन ललितपुरको आर्थिक सहयोगमा कार्यक्रम अभिमुखिकरण तथा समन्वय बैठक कालिका नगरपालिकाको कार्यालय मा सम्पन्न भएको छ ।

कार्यक्रममा कालिका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने उप–प्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई विशेष , कालिका नगरपालिका का प्रवक्ता , वडा नम्बर २ वडा अध्यक्ष लक्ष्मण पौडेल , आतिथ्यतामा रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता चितवन दुग्ध ऊत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख रेग्मीले किसानलाई तालिम तथा गोष्ठीमा मात्रै सीमित नराखी प्रत्यक्ष उत्पादन र आम्दानीमा जोड दिनुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले दुग्ध डेरी संस्थानमार्फत दुध खरिदबिक्री मात्रै नभई दुधबाट बन्ने अन्य परिकार उत्पादन र बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । नगरप्रमुखले कालिका नगरपालिकाभित्र हाल ५०० भन्दा बढी घरधुरीमा गोबरग्यास प्रयोग नभएको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्रयोगमा ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो । साथै, नगरपालिकाले किसानका लागि निशुल्क घाँसका बिरुवा वितरण गरिरहेको भन्दै यस सेवाबाट लाभ लिन किसानलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा किसानको गोठ सुधार, दुधजन्य उत्पादनमा मूल्य अभिवृद्धि तथा बजार व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो ।

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु