बूढानीलकण्ठमा मोटरसाइकल–स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

काठमाडौं, २ भदौ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

सोमबार बिहान करिब पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै सवारीमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेलाई तत्कालै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

मृतकमध्ये एकजनाको परिचय खुलेको छ। सिरहाका २९ वर्षीय भोला थापाको घटनामा ज्यान गएको हो भने अर्को पुरुषको परिचय भने खुलेको छैन। बाँकी तीन घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु