चितवन, २१ साउन । चितवनको माडी नगरपालिका–२ भैरवपुरस्थित खेतमा छाडिएको विद्युतीय करेन्ट लागेर दुर्लभ एकसिङ्गे गैंडा मृत फेला परेको छ।
चोरी तथा बन्यजन्तुबाट बालिनाली जोगाउन स्थानीय किसानले खेतमा छाडेको करेन्टले गैंडा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार मृत गैंडाको बारेमा विस्तृत विवरण संकलन भइरहेको छ। चालु आर्थिक वर्षमा मानवीय लापरबाहीका कारण मृत्यु भएको यो पहिलो गैंडा हो।
निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा २८ वटा गैंडा मृत अवस्थामा फेला परेका थिए, जसमा एक गैंडा करेन्ट लागेर मरेको पुष्टि भएको थियो।
वन्यजन्तु संरक्षणमा स्थानीयको सहयोग आवश्यक भए पनि खेतमा जथाभावी करेन्ट छाडिनु गैंडा जस्ता संरक्षित जन्तुका लागि खतरा बन्न थालेको निकुञ्जले जनाएको छ। –00–
फाइल तस्विरः


