मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन् । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछिको सहमतिअनुसार उनले पत्रकार सम्मेलनमार्फत प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री लामाले पार्टी सभापतिको आग्रहअनुसार पदत्याग गरेको बताएका छन् । उनले भने, “संविधानले मलाई अझै मुख्यमन्त्रीको हैसियत सुनिश्चित गरे पनि पार्टीभित्रको बृहत छलफल र विधि, मूल्य तथा मान्यताको सम्मान गर्दै राजीनाको निर्णय गरेको हुँ ।”

उनले देउवासँगको छलफलमा पार्टी सभापतिले मार्ग प्रशस्त गरिदिन आग्रह गरेपछि आफूले त्यसलाई शिरोधार्य गर्दै पदबाट हट्ने निर्णय गरेको स्पष्ट पारे ।

प्रदेश सरकारको नयाँ नेतृत्व चयनका लागि अबको राजनीतिक समिकरणप्रति चासो बढेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु