देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चको विस्तारित बैठक सम्पन्न

सेतो नेपाल –

चितवन,१७  साउन – देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर चितवनको आयोजनामा मञ्चका कार्यसमिति, लेखा समिति तथा सल्लाहकार समितिसहितको विस्तारित बैठक आज भरतपुर महानगरपालिका–५ स्थित ग्रिन हेम्लेट रिसोर्टमा सम्पन्न भएको छ।

बैठकमा मञ्चले हालसम्म सञ्चालन गरेका विविध सामाजिक गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी रणनीतिबारे गहन छलफल गरिएको थियो। पछिल्लो समय मञ्चले वृक्षारोपण, जेष्ठ नागरिक सम्मान, धार्मिक स्थलहरूमा भजन–कीर्तन, बाद्यवादन सामग्री वितरणका साथै विभिन्न जिल्लामा सामाजिक अभ्यास अवलोकनका लागि भ्रमण कार्यक्रमहरू समेत सम्पन्न गरेको छ।

कार्यक्रम मञ्चका अध्यक्ष पूर्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सहभागी सदस्यहरूले मञ्चले समुदायप्रति दिएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु